विराटनगरः हिजो मोरङको विराटनगर महानगरपालिका वडा नं. ४ स्थित गोग्राहा माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा तथा साईबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।
नारी विकास केन्द्रीय कार्यालय विराटनगर र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी तथा जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय र सहकार्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत ७३ जना छात्र छात्राहरु सहभागी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




