Monday, May 4, 2026
Homeशिक्षा र स्वास्थ्ययी हुन् त्रिविले जग्गा खाली गर्न पत्राचार गरेका १७ संघसंस्था

यी हुन् त्रिविले जग्गा खाली गर्न पत्राचार गरेका १७ संघसंस्था

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले १७ वटा संघसंस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्राचार गरेको छ । विश्वविद्यालयको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गर्ने संघ–संस्थालाई बैशाख ४ गते ३५ दिने सूचना जारी गरेको हो ।

विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गरिएको बताइएको छ । विश्वविद्यालयको २ हजारभन्दा बढी रोपनी जग्गा निजीदेखि धार्मिक संघ–संस्थाले प्रयोग गरेको पाइएको छ ।

विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ ।

यी हुन् त्रिविले पत्राचार गरेका १७ संघसंस्था
– नेपाल क्रिकेट संघ
– ल्याबरोटरी माध्यमिक विद्यालय
– बीपी कोइराला मेमोरियल प्लानेटोरियम
– कृषि बागबानी केन्द्र
– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
– आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
– राधास्वामी सत्संग व्यास नेपाल
– नेपाल प्राध्यापक संघ
– त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ
– त्रिवि कर्मचारी संघ
– नेपाल बैंक लिमिटेड
– ग्लोबल आईएमई बैंक
– नेपाल नेत्रज्योति संघ
– रक्तसञ्चार केन्द्र
– कीर्तिपुर नगरपालिका
– नेपाल विद्युत् प्राधिकरण
– कविन्द्र जेभी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments