Monday, May 4, 2026
Homeसमाचारपहिलो पाइला नेपाल सुन्दरहरैंचामा केवल लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति

पहिलो पाइला नेपाल सुन्दरहरैंचामा केवल लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति

गोठगाउँः पहिलो पाइला नेपाल सुन्दरहरैंचाको सातौँ अधिवेशनमार्फत् केवल लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

हिजो सुन्दरहरैंचाको गोठगाउँस्थित लालीगुराँस भजन कीर्तन समूहको सभाहलमा भएको अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराइएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा भोजन गिरी, द्वितीय उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा विवश धमला तथा कोषाध्यक्षमा सुजन बिष्ट, सह–सचिवमा सुप्रिया सिराल र सह–कोषाध्यक्षमा होमबहादुर गौतम निर्वाचित भएका छन् ।

सदस्यहरूमा किरण सापकोटा, निर्मला खड्का, सञ्जय लम्साल, भावना खतिवडा, मीना चुडाल, नवीन अधिकारी, विक्रम बस्नेत र इपेसन कट्टेल चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरूको हिजै पदस्थापन गराइएको छ ।

प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले सामाजिक क्षेत्रमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

साधारणसभामा निवर्तमान अध्यक्ष विजय ओझाले संस्थाको गत वर्षको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमलाई सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगर, संस्थाका सल्लाहकार लक्ष्मी न्यौपाने, लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीका अध्यक्ष अनुरोध साह, नेपाली कांग्रेस सुन्दरहरैंचाका नगर सचिव होमनाथ पोखरेल, नेकपा एमाले सुन्दरहरैंचा–७ का अध्यक्ष दिनेश राउतलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका विभिन्न गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पदाधिकारी तथा अन्य व्यक्तिलाई सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments