विराटचोकः आज बजार खुलेको केही समय हरियो देखिए पनि त्यसपछि शेयर बजार ओरालो लागेको छ । एक घण्टाको अवधिमा ७५ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा रहेको तथ्याङ्कअनुसार दिउँसो १२ बजे आसपासमा बजार बजार साढे १३ अंकले घटेर २७२५ आसपास कारोबार भइरहेको छ । १ घण्टामा ७५ करोड रुपैयाँको शेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्सको मात्रै ५ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । एनआईसी एशिया, श्रीनगर एग्रीटेक, कर्पाेरेट डेभलपमेन्ट बैंक र पाल्पा सिमेण्ट उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।




