विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रुपैयाँ निर्धारण भएको छ ।




