Monday, May 4, 2026
Homeअर्थशेयरनर्भिक इन्टरनेशनल हस्पिटलद्वारा बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न संस्थागत लगानीकर्तासँग आशयपत्र...

नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न संस्थागत लगानीकर्तासँग आशयपत्र माग

विराटचोकः थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत् साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।

हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयरमध्ये ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो ।

योग्य संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ्ग निर्देशिका बमोजिम गोप्य शिलबन्दी आशयपत्र आज वैशाख २१ गते साँझ पाँच बजेभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिंहदरबार प्लाजा, काठमाडौंमा बुझाउनुपर्ने जनाइएको छ । ती आशयपत्र भोलि साँझ ५ बजे नेप्सेको कार्यालयमा खोलिने जनाइएको छ ।

नर्भिक हस्पिटलको यस धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments