Sunday, March 8, 2026
Homeसमाचारछानबिन आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

छानबिन आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

काठमाडौंः २०८२ भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो ।

आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारी आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments