विराटचोकः मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये धनकुटा र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राईले १५९० मतका साथ अग्रता लिएका छन् । नेकपा एमालेका राजेन्द्र राईले १०४० मत ल्याएका छन् । नेपाली कांग्रेसका दिनेश राईले ७३४ मत ल्याएका छन् ।
अघिल्लो निर्वाचनमा धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राई ३०१०१ मत ल्याएर विजयी हुनुभएको थियो ।
उदयपुर क्षेत्र नम्बर २ मा श्रम संस्कृति पार्टीका बलराज राई २९६ मतका साथ अगाडि छन् । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले १९३ र नेकपा एमालेका अम्बरबहादुर रायमाझीले १३९ मत ल्याएका छन् ।
गत निर्वाचनमा सो क्षेत्रमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५२५१ मत ल्याएर विजयी भएका थिए ।







