विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । आज सुन प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी तोलामा ९५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।







