उर्लाबारीः मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । मतगणनाको प्रारम्भिक परिणामअनुसार रास्वपाका यज्ञमणि न्यौपाने ९६७ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई श्रमसंस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले ६४३ मतसहित पछ्याइरहनुभएको छ ।
नेपाली कांग्रेसका खड्ग फागोले ४३७, नेकपा एमालेका घनश्याम खतिवडाले २७३, नेपाली कम्युनिष्ट पार्टीका कुलप्रसाद साम्बाले ४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर वाइबा तामाङले ३५ मत ल्याउनुभएको छ ।
१५२ मत बदर भएको छ ।
यस्तो थियो २०७९ सालको मोरङ १ को मत परिणाम







