विराटचोकः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार कोशी प्रदेशमा ५८.६५ प्रतिशत मतदान भएको छ । ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये २० लाख ९६ हजार ४ सय ९५ जनाले मतदान गरेका छन् ।
निर्वाचन आयोगका अनुसार १० लाख २५ हजार ९ सय ६८ पुरुष, १० लाख ७० हजार ५ सय २० महिला र ७ जना अन्य लिङ्गीले मतदान गरेका छन् । जुन ४१.३५ प्रतिशत हो।
सबैभन्दा बढी मोरङमा, सबैभन्दा कम खोटाङमा
सबैभन्दा बढी मतदान मोरङ जिल्लामा भएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५ सय १४ जनाले मतदान गरेका छन्, जुन ६४.५६ प्रतिशत हो ।
सबैभन्दा कम मतदान खोटाङ जिल्लामा भएको छ । १ लाख ४७ हजार १ सय २० मतदातामध्ये ६३ हजार ३५ जनाले मात्रै मतदान गरेका छन्, जुन ४२.८५ प्रतिशत हो ।
यस्तो छ जिल्लागत विवरणः
मोरङः ६४.५६ प्रतिशत
झापाः ६४.२३ प्रतिशत
सुनसरीः ६३.६२ प्रतिशत
इलामः ५७.०४ प्रतिशत
धनकुटाः ५४.३१ प्रतिशत
तेह्रथुमः ५३.५९ प्रतिशत
संखुवासभाः ५३.१९ प्रतिशत
उदयपुरः ५२.१५ प्रतिशत
ताप्लेजुङः ५१.३७ प्रतिशत
पाँचथरः ४९.६३ प्रतिशत
सोलुखुम्बुः ४८.४१ प्रतिशत
ओखलढुंगाः ४८.१४ प्रतिशत
भोजपुरः ४६.१७ प्रतिशत
खोटाङः ४२.८५ प्रतिशत
प्रदेशभर १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र तोकिएका थिए भने २४ अस्थायी मतदानस्थल व्यवस्था गरिएको थियो ।
प्रदेशमा २८ निर्वाचन क्षेत्र र ४ सय ९५ उम्मेद्वार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।







