विराटनगरः मतगणना भइरहेका अधिकांश क्षेत्रमा रास्वपाको मत अगाडि देखिँदा मोरङ ५ मा पनि रास्वपा उम्मेद्वार आशा झाले अग्रता लिनुभएको छ ।
झाले १२२९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका जसपाका राजकुमार यादवले ५६५ मत र तेस्रो स्थानमा रहेका नेकपा का शिवकुमार मण्डलले ३४५ मत प्राप्त गर्नुभएको छ ।
चौथो स्थानमा नेपाली कांग्रेसका फूलकुमार लालवानीले ३२७ मत ल्याउनुभएको छ ।







