धरानः धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज सिजन–४ हाजिरीजवाफ प्रतियोगितामा मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालय पहिलो भएको छ ।
प्रतियोगितामा सहभागी ४५ विद्यालयमध्ये तेस्रो स्थान प्राप्त गर्दै अन्तिम चरणमा प्रवेश गरेको साजीलाल मावि फाइनल चरणमा भने पहिलो भएको हो । प्रतियोगितामा जिवितेस कट्टेल, रमा घिमिरे र संस्कार पोखरेलले भाग लिएका थिए ।
विजेता साजीलाल माविले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । जीवनज्योति इङ्लिस बोर्डिङ स्कुल चक्रघट्टीले उपविजेतामा चित्त बुझाउँदै नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सेकेन्ड रनर अप धरान मेघा हिमालयन स्कुल भएको छ । महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछी–वराहक्षेत्रले चौथो स्थान तथा तरहरा मोडल एकेडेमीले पाँचौँ स्थान प्राप्त गरेका छन् ।
आयोजक स्कुल हिबिस्कस इङ्लिस बोर्डिङले सान्त्वना स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा तेस्रो हुनेले ८ हजार, चौथोले ६ हजार, पाँचौँले ४ हजार तथा सान्त्वना टिमले २ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाका साथै निर्णायकद्वय नवोदीप साह र सुरेश रेग्मीले विजेता तथा सहभागी टिमहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
कनकलक्ष्मी साकोसको आयोजनामा भएको हाजिरीजवाफमा साजीलाल पहिलो
जागृत युवा समाजले आयोजना गरेको वक्तृत्वकलामा साजीलालकी रोजिना कार्की पहिलो
प्रधानाध्यापक संघ मोरङ (पान)को अध्यक्षमा साजीलालका श्यामबाबु काफ्ले
रेडक्रसले गरेको हाजिरीजवाफमा पञ्चायत मावि पहिलो, साजीलाल दोस्रो र जनता मावि तेस्रो
साजीलालकी आरती अधिकारी र जुपिटरकी प्रगति अधिकारी जिल्लास्तरीय वादविवादमा पहिलो र दोस्रो







