Friday, December 5, 2025
Homeफिचरजागृत युवा समाजले आयोजना गरेको वक्तृत्वकलामा साजीलालकी रोजिना कार्की पहिलो

जागृत युवा समाजले आयोजना गरेको वक्तृत्वकलामा साजीलालकी रोजिना कार्की पहिलो

विराटचोकः जागृत युवा समाजले २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा साजीलाल माविकी विद्यार्थी रोजिना कार्की पहिलो हुनुभएको छ ।

‘जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव’ शीर्षकमा भएको वक्तृत्व प्रतियोगितामा ज्योति माविकी मनिका मगरले दोस्रो, साजीलाल माविकी आकृति अधिकारीले तेस्रो स्थान प्राप्त गर्नुभएको छ । जनता मावि त्रिजुगाकी आकृति आचार्यले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।

सुन्दरहरैंचाका ४ वटा सामुदायिक विद्यालयका ९ जना विद्यार्थी सहभागी भएको प्रतियोगिताको निर्णायकमा सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक डा. दीपकप्रसाद न्यौपाने र शिशिर एकेडेमीका प्रिन्सिपल सन्तोष घिमिरे हुनुहुन्थ्यो ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ को सभाहलमा समाजकी अध्यक्ष सुमित्रा विश्वकर्माको अध्यक्षतामा भएको प्रतियोगिता सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको थियो ।

आवासका लागि सहयोग समूह (लुमन्ती) को सहयोगमा भएको कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष अजय ऋषिदेवले गर्नुभएको थियो । कार्यक्रमको औचित्यको बारेमा सञ्जित चौधरीले प्रष्ट पार्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments