विराटचोकः अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भदौ १ गते सामाजिक परिवर्तन केन्द्र काठमाडौं तथा आवासको लागि सहयोग समूह (लुमन्ती) को सहयोग तथा जागृत युवा समाज सुन्दरहरैंचाको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
जनता माध्यमिक विद्यालय बुधबारेमा भएको प्रतियोगितामा जलवायु परिवर्तनले पारेको असरसँग सम्बन्धित रहेर प्रतियोगीले चित्र बनाएका थिए ।
प्रतियोगितामा जनता माध्यमिक विद्यालय त्रिजुगाका अणबहादुर दाहाल पहिलो, साजीलाल माध्यमिक विद्यालयका निर्मल तामाङ दोस्रो र जुपिटर इङ्ग्लिस बोर्डिङ स्कुलकी अनुमाया कोइराला तेस्रो हुनुभएको थियो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँका साथमा प्रमाण पत्र प्रदान गरिएको थियो ।