सलकपुरः शिक्षा निकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित हाजिरीजवाफमा सुन्दरहरैंचाको साजीलाल मावि पहिलो भएको छ ।
आनन्द रिजाल स्मृति अक्षयकोष अन्तर्गत शिक्षा निकेतन माध्यमिक विद्यालय, सुन्दरहरैंचा–८ द्वारा आयोजित अन्तर माध्यमिक सामुदायिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा शिक्षा निकेतन माध्यमिक द्यिालय दोस्रो र जनता मा वि सुन्दरहरैंचा–९ तेस्रो भएका थिए ।
प्रतियोगितामा विजयी विद्यालयलाई अक्षयकोष दाता परिवार तथा कार्यक्रममा उपस्थित अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।







