Sunday, December 28, 2025
Homeफिचरकलाकार निश्चल बस्नेतलगायतका व्यक्ति रवि–बालेन सम्झौताका साक्षी

कलाकार निश्चल बस्नेतलगायतका व्यक्ति रवि–बालेन सम्झौताका साक्षी

काठमाडौंः रातभरको छलफलपछि लामो समयदेखि प्रयास हुँदै आएको रास्वपा र बालेन शाहबीचको एकता सम्भव भएको छ । उनीहरुबीच आज बिहान ४ बजे सात बुँदे सम्झौता भएको छ । सम्झौतामा लेखिएअनुसार भावी प्रधानमन्त्रीको रुपमा बालेनलाई अघि सारिने भएको छ ।

हस्ताक्षर कार्यक्रममा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए । यसैगरी कुमार बेन, सुदीप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत सहभागी थिए ।

सम्झौता पत्रमा हस्ताक्षरपछि रवि र बालेनले अंगालो हालेका थिए । त्यसपछि अन्य सहभागीहरुले सामूहिक फोटो खिचाएका थिए ।

बालेनसँगको सम्झौतापछि रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।

सो सहमतिलाई सङ्केत गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments