विराटचोकः गछिया जेसीजको चौथो साधारणसभाले कमल ढुङ्गाना (कुन्दन) लाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ ।
सभाबाट नयाँ कार्यकारिणी समिति पनि सर्वसम्मत चयन गरिएको छ । कार्यकारिणी उपाध्यक्षमा जेसी लक्ष्मण दाहाल र आयुष दीप रिजाल चयन भएका छन् । उपाध्यक्षमा अनु दाहाल, रिजन पोखरेल, सुजन बाराकोटी र सञ्जीव दाहाल सर्वसम्मत चयन भएका छन् ।
सचिवमा गंगा सिग्देल तथा जनसम्पर्क अधिकारीमा अनुप अधिकारी सर्वसम्मत चयन भएका छन् ।
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा धरानका विदुर थापाले उम्मेद्वारी दिने
धरान जेसीजको अध्यक्षमा सागर प्रसाईँ सर्वसम्मत
इन्द्रपुर जेसीजको अध्यक्षमा समीर बस्नेत र जुनियर जेसीजको अध्यक्षमा रेजिना आचार्य







