विराटचोकः इन्द्रपुर जेसीजको अध्यक्षमा समीर बस्नेत निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा बस्नेत ३६ मत ल्याएर विजयी हुुनुभएको हो ।
सर्वसम्मतको पहल विफल भएपछि जेसीजका ६५ जना सदस्यमध्ये ४५ जनाले मतदान गरेका थिए । बस्नेतले ३६ मत ल्याउँदा प्रतिद्वन्द्वी पार्वती धामीले ९ मत ल्याउनुभएको थियो ।
त्यस्तै जुनियर जेसीजको अध्यक्षमा रेजिना आचार्य निर्वाचित हुनुभएको छ ।







