Monday, January 19, 2026
Homeअर्थ५० रुपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनीसँग राष्ट्र बैंकले गर्याे सम्झौता

५० रुपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनीसँग राष्ट्र बैंकले गर्याे सम्झौता

काठमाडौंः नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।

राष्ट्र बैंकले ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि बेइजिङको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो ।

राष्ट्र बैंकका अनुसार नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत छनोट गरिएको हो । सोमबार उक्त कम्पनीसँग करार सम्झौता समेत गरिएको छ ।

उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

चीनमा छापिने भए ५० रुपैयाँ दरका ४२ करोड थान नोट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments