Friday, December 5, 2025
Homeपर्यटनजेनजी आन्दोलनमा क्षति भएको पाँचतारे होटल ह्यात रिजेन्सीले हटाउने भयो १३३ जना...

जेनजी आन्दोलनमा क्षति भएको पाँचतारे होटल ह्यात रिजेन्सीले हटाउने भयो १३३ जना श्रमिक

काठमाडौंः जेनजी आन्दोलनमा क्षति पुगेको पाँचतारे होटल ह्यात रिजेन्सीले १३३ जना श्रमिकलाई हटाउने निर्णय गरेको छ । ह्यात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले एक सूचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागू हुने गरी होटलमा कार्यरत श्रमिकलाई हटाइने जनाएका हुन् ।

सूचनामा कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा गत भदौ २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको उल्लेख छ ।

होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधीभर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको सूचनामा उल्लेख छ । श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरुको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरुसँग छलफल समेत गर्दा कुनै निष्कर्षमा नपुगेको तर होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पुर्ण श्रमिकहरुलाई कटौती गर्नुपर्ने जनाइएको छ । ‘सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको छ’, सूचनामा उल्लेख छ ।

ट्रेड युनियनहरूले भने होटलको निर्णयविरुद्ध सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने माग राखेका छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा होटलमा तोडफोड, लुटपाट र आगलागीजन्य क्रियाकलाप भएका थिए । जसका कारण सोही दिनदेखि होटल पूर्ण रूपमा बन्द रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments