विराटचोकः नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नेपाली नोट चीनमा छाप्ने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई ५० रुपैयाँ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो । सो कम्पनीले १ करोड ४ लाख २२ हजार ५३५ दशमलव २१ अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो । कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्ने भएको छ ।
बैंकले गत साउन ९ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ५० रुपैयाँ दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको थियो ।







