Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैंचा साकोसको अध्यक्षमा हरिबहादुर पौडेल निर्वाचित

सुन्दरहरैंचा साकोसको अध्यक्षमा हरिबहादुर पौडेल निर्वाचित

सलकपुरः सुन्दरहरैंचा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुन्दरहरैंचा–८ सलकपुरको चौथो वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा हरिबहादुर पौडेल, उपाध्यक्षमा परशुराम पराजुली, सचिवमा शंकरप्रसाद भट्टराई, कोषाध्यक्षमा बद्रीप्रसाद ढकाल चयन हुनुभएको छ । सदस्यहरूमा होमबहादुर खड्का, मन्दिरा उप्रेती, समीक्षा बस्नेत दाहाल, सुमीक्षा सुब्बा, नीलम भट्टराई चयन हुनुभएको छ । लेखा संयोजक तिलकुमार नेपाल तथा लेखा सदस्यहरूमा सविता कोइराला र रेवतप्रसाद उप्रेती चयन हुनुभएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंले वार्षिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन लेखा संयोजक गोपालप्रसाद पाठकले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ज्येष्ठ सेयर सदस्य नारायणप्रसाद आचार्य, पुष्पराज घिमिरे र मेहेरमान खड्कालाई सम्मान गरिएको थियो । उत्कृष्ट ऋणीको रूपमा खिलबहादुर थापा र प्रीति श्रेष्ठलाई सम्मान गरिएको थियो । बाल बचतकर्तातर्फ एलिजा राई, सुयेस सुविधा र आज्ञा भट्टराईलाई पुरस्कृत गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments