विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।







