गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आज बिहान करिब १० फिट लामो अजिङ्गर फेला परेको छ ।
आज बिहान करिब ९ बजे विश्वविद्यालय परिसरमा फेला परेको वयस्क अजिङ्गर करिब १० फिट लामो र २१ किलो तौलको रहेको जनाइएको छ ।
विश्वविद्यालय परिसरमा अजिङ्गर फेला परेपछि नगरपालिकाका प्रतिनिधि र सेक्टर वन कार्यालय सलकपुरका कर्मचारीको संयुक्त टोलीले सुरक्षित रूपमा उद्धार गरेको छ ।
विश्वविद्यालय परिसरमा अजिङ्गर देखिएपछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो ।





