सलकपुरः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा वनस्पतिजन्य विषादी तथा मल उत्पादन उद्योग सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) का लागि सार्वजनिक सुनुवाइ भएको छ ।
सामुदायिक विकास एण्ड सोलुसन प्रा.लि. सुन्दरहरैँचा–८ को आयोजनामा प्रस्तावित उद्योग परिसरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । वनस्पतिजन्य विषादी तथा मल उत्पादनका लागि आवश्यक वातावरणीय परीक्षण प्रक्रियाअन्तर्गत स्थानीय सरोकारवाला तथा सर्वसाधारणलाई जानकारी गराउने र उनीहरूका सुझाव तथा राय संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
सार्वजनिक सुनुवाइमार्फत् प्रस्तावित उद्योगबाट वातावरणमा पर्न सक्ने प्रभाव, त्यसको न्यूनीकरणका उपाय तथा स्थानीय समुदायका चासो र सरोकारका विषयमा छलफल गरिएको बताइएको छ ।
कार्यक्रमको वातावरणीय अध्ययन तथा परामर्शदाताका रूपमा आश्री इन्जिनियरिङ एण्ड विल्डर्स सोलुसन प्रा.लि. रहेको छ ।





