Friday, December 5, 2025
Homeधर्म र संस्कृतिसुन्दरहरैंचामा बालसन्त मोहनशरण देवाचार्यलाई नागरिक अभिनन्दन

सुन्दरहरैंचामा बालसन्त मोहनशरण देवाचार्यलाई नागरिक अभिनन्दन

विराटचोकः विभिन्न तीन वटा धार्मिक तथा सामाजिक संघसंस्थाको पहलमा नेपालकै प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यलाई आज मोरङको जिल्लाको सुन्दरहरैंचा–९ विराटचोकस्थित काली मन्दिरमा नागरिक अभिनन्दन गरिएको छ ।

श्री पुरातन वैदिक सनातन धार्मिक प्रवद्र्धन समिति मोरङ, इन्द्रपुर समस्त भजन सञ्जाल सुन्दरहरैंचा र स्वतन्त्र नागरिक समाज मोरङले संयुक्त रुपमा नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा तीन वटै संस्थाका प्रमुखहरु क्रमशः जयप्रसाद खतिवडा, गीता गौतम लम्साल र नेत्र चौलागाईँलगायतले अभिनन्दन गर्नुभएको थियो । वैदिक मन्त्रोच्चारण ताथ पञ्चेबाजाका साथ भएको अभिनन्दन समारोहमा स्थानीयबासीको उत्साहपूर्वक उल्लेख्य सहभागिता रहेको थियो ।

प्रमुख अतिथि बालसन्त रहनुभएको सो कार्यक्रममा विशिष्ट अतिथिमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की हुनुहुन्थ्यो । विशेष अतिथिमा राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दावन गौशालाका संरक्षक महामण्डलेश्वर दीनबन्धु शास्त्री, मोरङ क्षेत्र नम्बर ३ का निवर्तमान सांसद सुनिलकुमार शर्मा र प्रदेश सांसद मानबहादुर लिम्बू हुनुहुन्थ्यो ।

आयोजक तीन वटै संस्थाका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्द्रपुर समस्त भजन सञ्जाल सुन्दरहरैंचाका सचिव परमात्मा ओझाले गर्नुभएको थियो ।

कार्यक्रममा लाखे नाच प्रदर्शन गर्नुका साथै हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा र निषाद संगीत पाठशाला इटहरी परिवारले नृत्य प्रस्तुत गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments