काठमाडौं: सरकारले जेनजीका विभिन्न समूहहरूबीच सम्झौता गराउने भएको छ । जेनजीका विभिन्न समूहहरुले अलगअलग माग राखेर सरकारलाई अप्ठ्यारो पार्ने र निर्वाचनको वातावरण बिथोल्ने सम्भावना देखेपछि सरकारले ती समूहहरुसँग सम्झौता गर्ने तयारी गरेको हो ।
ती समूहसँग सम्झौता नगरे त्यसको फाइदा दुर्गा प्रसाई समूहले लिन सक्ने आंशकासहित सरकारले सम्झौताको तयारी गरेको अनुमान गरिएको छ । दुर्गा प्रसाईंले मसिंर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । अहिले जेनजीको आक्रोशलाई मत्थर पार्न नसके त्यसको फाइदा प्रसाईले लिन सक्ने र त्यसबाट आन्दोलन भड्किन सक्ने भन्दै सुरक्षा निकायलेसमेत खबरदारी गरेपछि प्रधानमन्त्री कार्कीले कात्तिक भित्रै जेनजी समूहसँग सहमति गर्ने प्रयास गरेकी हुन् ।







