Friday, December 5, 2025
Homeफिचरमधेसमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार

मधेसमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार

जनकपुरः मधेस प्रदेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ ।

सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोजकुमार यादवको नेतृत्वमा आज सानो सरकार गठन भएको हो ।

सो सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कञ्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले हिजो कात्तिक २३ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई आज बिहान मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले होटलमा लिए शपथ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments