बर्दिबासः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बर्दिबासको एक होटेलमा शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ गराएकी हुन् ।
आइतबारकै मिति राखेर आज सोमबार बिहान बर्दिबासको पानस होटलमा मुख्यमन्त्रीको शपथ गराइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।







