Friday, December 5, 2025
Homeफिचरआत्मनिर्भर कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न

आत्मनिर्भर कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न

विराटचोकः शनिबार आत्मनिर्भर कृषि सहकारी संस्थाको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाकी ज्येष्ठ सदस्य गंगा थापाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका अध्यक्ष राजु भट्टराईले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका सचिव केदार श्रेष्ठले आर्थिक वर्ष २०८२\०८३ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा संस्थाले उत्कृष्ट ऋणी पार्वता अधिकारीलाई पुरस्कृत गरेको छ । उत्कृष्ट मासिक बचतकर्ता सानु शेर्पा चेपाङ, उत्कृष्ट बाल बचतकर्ता सबल भट्टराई र ज्येष्ठ शेयर सदस्य गंगा थापालाई पनि सम्मान गरिएको थियो ।

२८२ जना शेयर सदस्य रहेको संस्थाको चुक्ता पूँजी ४८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

लेखा समितिका संयोजक विवेक भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानी गर्दा सावधानी अपनाउनुपर्ने र ऋण असुलीमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन उपाध्यक्ष टेकनाथ बरालले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष पुष्पा विकले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments