विराटचोकः आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३८ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५ रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।







