Friday, December 5, 2025
Homeफिचरसातामा सवा ४ अङ्क घट्यो नेप्से

सातामा सवा ४ अङ्क घट्यो नेप्से

विराटचोकः गत साता नेप्से परिसूचक ० दशमलव १६ प्रतिशत अर्थात् ४ दशमलव २६ अङ्क घटेर बन्द भएको छ । अघिल्लो साता २६००.३८ विन्दुमा बन्द भएको नेप्से घटेर गत साता २५९६.१२ विन्दुमा झरेको छ ।

गत २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । गत साता सेन्सेटिभ इण्डेक्स १.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ ।

नेप्से घटे पनि गत साता कारोबार रकम भने बढेको छ । अघिल्लो साता दैनिक औसतमा ५ अर्ब ५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ६ अर्ब १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

गत साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । गत साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१७ प्रतिशत बढेको छ । जलविद्युत उपसमूहको परिसूचक गत साता सर्वाधिक १.३९ प्रतिशत घटेको छ ।

गत साता ७ कम्पनीको ५४ करोड ५२ लाख ७९ हजार ५२०.२४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । माबिलुङ्ग इनर्जी, दरमखोला हाइड्रो इनर्जी र सागर डिष्टिलरीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने नेपाल इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । एचएलआई लार्ज क्याप फण्ड र ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० पनि गत साता नेप्सेमा सूचीकृत भएको छ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २०.४७ प्रतिशत बढेको गत साता इष्टर्न हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३ दशमलव ३३ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments