विराटचोकः सुन्दरहरैचा नगरपालिकाका विद्याथीमा ब्याडमिन्टन खेलको अभिरुचि बढाउन खेलकुद एकेडेमी सञ्चालन गरी ३ महिना प्रशिक्षण दिइने भएको छ । सुन्दरहरैंचा वडा नं. ८ स्थित दुर्गादेवी दुलाल स्पोट्र्स ग्राममा खेलकुद एकेडेमी सञ्चालन सम्बन्धी अन्तक्र्रिया हुँदा यस्तो जानकारी गराइएको हो ।
सो एकेडेमीमार्फत् १७ वर्ष मुनिका बालबालिकालाई खेलकुद तालिममा सहभागी गराइने भएको छ । अन्तरक्रिया कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ६० भन्दा बढी प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै व्यवसायी भोलेश्वर दुलालले बालबालिकामा खेलमार्फत अनुशासन, असल संस्कार र सिकाइको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
सुन्दरहरैचाको पहिचानलाई खेलकुदमार्फत देशभर फैलाउने उद्देश्यका साथ दुर्गादेवी दुलाल स्पोट्र्स ग्रामले अघि सारेको यो अभियान पुसदेखि सञ्चालन हुने भएको छ ।







