विराटचोकः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बीमा कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । एशियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता र नेपाल इन्स्योरेन्सको ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
हकप्रद शेयर सूचीकरणसँगै एशियन लाइफको सूचीकृत शेयर सङ्ख्या ५ करोड ११ हजार ५९३ पुगेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको सूचीकृत शेयर सङ्ख्या २ करोड ५४ लाख ८५ हजार ७५१ कित्ता पुगेको छ ।







