विराटचोकः शुक्रबार एक कार्यक्रमका बीच सुन्दरहरैंचा कला साहित्य विकास समितिका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक मेघनाथ पौडेलले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पदस्थापन गराउनुभएको थियो । डा. दीपकप्रसाद न्यौपानेको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा केपी घिमिरे, सचिवमा गीताप्रसाद श्रेष्ठ, सहसचिवमा सोमप्रसाद भट्टराई र कोषाध्यक्षमा हीरादेवी खड्का रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा पुरनकुमार राई, दुर्गाप्रसाद पराजुली, रूपनारायण श्रेष्ठ, यमुना पराजुली विष्ट, कविता पाँचकोटी र विशाल गुरागाईँ चयन हुनुभएको छ ।
पदस्थापन कार्यक्रमपछि सुन्दरहरैंचाका साहित्यकार मोहनप्रसाद काफ्लेको कथा सङ्ग्रह ‘फिराद पत्र’ माथि विमर्श पनि गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरू भरत बर्बरिक, रूपनारायण श्रेष्ठ, धनजीत पराजुली, रमेश निरौला, विशाल गुरागाईं, मुना मिश्र, शारदा दाहाल, खगेन्द्र घिमिरे, दीपा सापकोटा, टीकाराम कार्की, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, एलिना थापा, सीता खतिवडालगायतले रचनावाचन गरेका थिए ।
सुन्दरहरैँचा साहित्य कला विकास समितिको साधारणसभा सम्पन्न, अध्यक्षमा दीपकप्रसाद न्यौपाने







