Friday, December 5, 2025
Homeफिचरमकालु अक्वा पानीको उत्पादन बन्द, सुधार गरेर मात्र सञ्चालन गर्न निर्देशन

मकालु अक्वा पानीको उत्पादन बन्द, सुधार गरेर मात्र सञ्चालन गर्न निर्देशन

लेटाङः अनुगमनका क्रममा कैफियत भेटिएपछि लेटाङ नगरपालिकाले लेटाङ–६ स्थित मकालु अक्वा पानी उद्योग तत्कालका लागि बन्द गर्न निर्देशन दिएको छ ।

लेटाङ नगरपालिकाका अनुसार बजारमा पठाइएको पानीको गुणस्तरको विषयमा पटक–पटक गुनासो आएपछि नगरपालिकाको टोलीले उद्योगमा अनुगमन गर्दा पानी उत्पादन गर्ने क्रममा बोतल सफा गर्ने उपकरण नै बिग्रिएको पाइएको हो । उपकरण नै बिग्रिएको भेटिएपछि नगरपालिकाको अनुगमन टोलीले उद्योगको उत्पादन तत्कालका लागि बन्द गर्न निर्देशन दिएको छ ।

बोतलमा पानी भर्नु भन्दा अघि स्वचालित मेसिनबाट बोतल सफा गर्नुपर्नेमा सो मेसिन नै बिग्रिएको पाइएको हो । सो उपकरण मर्मत गरेर नगरपालिकाको निगरानीमा मात्र उत्पादन शुरु गर्ने गरि उत्पादन बन्द गर्न निर्देशन दिएको नगरपालिकाका योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो ।

नगर उपप्रमुख कृष्णकुमारी निरौलाको नेतृत्वमा पुगेको अनुगमन टोलीले हाल उत्पादन भएको पानी समेत गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न निर्देशन दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments