Friday, December 5, 2025
Homeफिचरअसोज १९ गते मधेस प्रदेशका धेरै स्थानमा भारी वर्षा

असोज १९ गते मधेस प्रदेशका धेरै स्थानमा भारी वर्षा

विराटचोकः असोज १९ गते त्रयोदशीका दिन मधेस प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने भन्दै सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले असोज १७ देखि १९ गते (एकादशीदेखि त्रयोदशी) सम्मको विवरण सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो । महाशाखाका अनुसार १९ गते मधेस प्रदेशका धेरै स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने भनिएको छ ।

यी पाँचै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशमा पनि हल्का पानी पर्न सक्ने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ । बुलेटिनअनुसार एकादशीको दिनबाट नेपालमा पानी पार्ने मनसुनी वायुको प्रवेश हुनेछ । यसले खासगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना छ ।

असोज १७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

असोज १८ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments