Friday, December 5, 2025
Homeफिचरइम्पेरिमेन्ट चार्ज घटाएपछि कुमारी बैंकको नाफामा उछाल

इम्पेरिमेन्ट चार्ज घटाएपछि कुमारी बैंकको नाफामा उछाल

विराटचोकः कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्षमा खुद नाफा ४५ हजार ८२९ प्रतिशतले बढाएर २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ नघाएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष जम्मा ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

इम्पेरिमेन्ट चार्जअन्तर्गत राखेको ६ अर्ब ८४ करोड रुपैयाँबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेपछि नाफा बढेको हो । कुनै पनि कर्जा खराब वर्गमा वर्गीकरण भएमा बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ । यस्तो कर्जा असुली हुन थालेसँगै बैंकहरुले नोक्सानी व्यवस्थापनमा राखेको उक्त पैसालाई नाफामा देखाउन सक्ने व्यवस्था छ । कुमारीको हकमा यस्तै भएको हो ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष ५ अर्ब ३६ करोडले ऋणात्मक हुँदा लगानीकर्ताले लाभांश पाएका थिएनन् । गत आर्थिक वर्षको नाफाबाट पनि लगानीकर्ताले लाभांश नपाउने देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेर ११ अर्ब ५५ करोड पुगेको छ । बैंकको खराब कर्जा अनुपात ६ दशमलव ४२ प्रतिशत रहेको छ ।

कुमारी बैंकको नाफामा ३४५ दशमलव ६७ प्रतिशतको वृद्धि

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments