विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको हो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो । चाँदीको भाउ भने तोलामा २० रुपैयाँ बढेको थियो ।







