विराटचोकः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन)को सदस्यमा नियुक्त हुनुभएको छ ।
ढकाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गर्नुभएको हो । नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्थाअनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त हुनुभएको हो । ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि सेबोनको सदस्य हुने व्यवस्था छ ।







