विराटचोकः असार २९ गते सुन्दरहरैंचा नगरपालिकाले प्रत्येक वडाबाट १ जोडीका दरले १२ जोडीलाई उत्कृष्ट दम्पत्ति भनेर सम्मान गरेको छ । जेठ पहिलो साता १० दिनको समयावधि दिएर उत्कृष्ट ढुकुर जोडीका लागि आवेदन दिन नगरले आह्वान गरेको थियो ।
सम्मानित हुनेहरूमा सुन्दरहरैँचा–१ का केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, सुन्दरहरैँचा–२ का सचितानन्द साह (हलुवाई) र संगीताकुमारी गुप्ता हलुवाई, सुन्दरहरैँचा–३ का ध्रुव निरौला र अनु दाहाल, सुन्दरहरैँचा–४ का लीलाप्रसाद सिग्देल र अप्सरा सिग्देल, सुन्दरहरैँचा–५ का वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल, सुन्दरहरैँचा–६ का बालकृष्ण घिमिरे र शकुन्तला गौतम घिमिरे, सुन्दरहरैँचा–७ का बलिराम चौधरी र फूलोदेवी चौधरी, सुन्दरहरैँचा–८ का खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, सुन्दरहरैँचा–९ योगराज कार्की र हिमकुमारी कार्की, सुन्दरहरैँचा–१० का बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल. सुन्दरहरैँचा–११ का वेदकुमार खवास र केसरीवती खवास, सुन्दरहरैँचा–१२ का अमरबहादुर मगर र ताराकुमारी मगर रहेका हुनुहुन्छ ।
व्यक्तिगत घटना दर्ता छुटाएको नहुने, विवाह गरेको न्यूनतम १० वर्ष पूरा भएको, संयुक्त परिवारमा बसेको, श्रीमान्श्रीमतीमा झगडा नभएको, सन्तानको पञ्जीकरणसम्बन्धी सम्पूर्ण काम गरेको लगायतका एक दर्जन मापदण्ड तोकेर ढुकुर जोडीका लागि आह्वान गरिएको थियो ।
नगरले सबै जोडीलाई एक समारोहका बीच पञ्चेबाजा बजाएर दोसल्ला र प्रमाणपत्रका साथमा नगद १० हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको थियो ।
सम्बन्धित समाचारहरूः
सुन्दरहरैंचा नगरको ‘ढुकुर जोडी’ सम्मानको सामाजिक सञ्जालमा यसरी भयो आलोचना र समर्थन
सुन्दरहरैंचाका उत्कृष्ट १२ दम्पत्ति (ढुकुर जोडी) सम्मानित







