Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचाका उत्कृष्ट १२ दम्पत्ति (ढुकुर जोडी) सम्मानित

सुन्दरहरैंचाका उत्कृष्ट १२ दम्पत्ति (ढुकुर जोडी) सम्मानित

विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाले प्रत्येक वडाबाट एक जोडीका दरले १२ जोडीलाई उत्कृष्ट दम्पत्तिको रूपमा सम्मान गरेको छ । आइतबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरी प्रत्येक जोडीलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो ।

नगरमा बढ्दो सम्बन्ध विच्छेदका घटनालाई न्यूनीकरण गर्न दम्पत्तिबीच मेलमिलाप भएका, आमाबुबासहित संयुक्त परिवरमा बसोबास गरेका लगायतका १२ शर्त पूरा गरेका दम्पत्तिको निवेदन माग गरी ती निवेदनमा छानबिन गरी उत्कृष्ट जोडी घोषणा गरिएको हो ।

न्यायिक समितिको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने, न्यायिक समिति सदस्य कैलाश बस्नेत, रोशननाथ उप्रेती तथा सम्बन्धित वडाका जनप्रतिनिधिले उत्कृष्ट दम्पत्तिलाई सम्मान गर्नुभएको हो ।

उत्कृष्ट दम्पतिका लागि आवेदन माग गर्दा जम्मा ४८ वटा आवेदन परेकोमा २१ वटा रद्द भएको न्यायिक समितिले जनाएको छ । बाँकी २७ आवेदनबाट १२ आवेदकलाई उत्कृष्ट जोडीको रूपमा सम्मान गरिएको थियो ।

सुन्दरहरैंचा नगरको ‘ढुकुर जोडी’ सम्मानको सामाजिक सञ्जालमा यसरी भयो आलोचना र समर्थन

सुन्दरहरैंचाको नौलो अभियान, ‘ढुकुर जोडी’लाई गरिने भो सम्मान

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments