Friday, December 5, 2025
Homeफिचरयी हुन् उत्कृष्ट कार्य गरेबापत लेटाङ नगरपालिकाद्वारा सम्मानित व्यक्ति तथा संस्था

यी हुन् उत्कृष्ट कार्य गरेबापत लेटाङ नगरपालिकाद्वारा सम्मानित व्यक्ति तथा संस्था

लेटाङः नगरवासीलाई आगामी आर्थिक वर्षको बजेटको बारेमा कार्यक्रम गरी जानकारी दिन आयोजित बजेट सार्वजनिकीकरण कार्यक्रममा लेटाङ नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट भएका व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा जग्गादाता, उत्कृष्ट शैक्षिक संस्था, सेवाप्रदायक कर्मचारी, शिक्षक, विद्यार्थी, खेलाडी र किसानहरूलाई सम्मान गरिएको हो ।

जग्गादाता सम्मानित
सो कार्यक्रममा लेटाङ– ५ मा वडा कार्यालय भवन र स्वास्थ्य केन्द्र निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराउने टोमनाथ मगर, पुनम मास्की मगर, घनश्याम मगर, मानबहादुर चौहान, डम्बरकुमारी कार्की र अर्थबहादुर कार्कीलाई सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

शिक्षक तथा कर्मचारीलाई सम्मान
चालु आर्थिक वर्षमा सेवा निवृत्त भएका शिक्षक र कर्मचारीलाई नगरपालिकाले सम्मान गरेको छ । शिक्षक–कर्मचारीहरू श्रीप्रसाद ढकाल, नारायण खतिवडा र बलबहादुर मगरलाई दीर्घकालीन सेवाको कदर गर्दै सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाइएको थियो । नगरपालिकाले ‘इनोभेटिभ टिचर’ को रूपमा देवराज सापकोटा (लक्ष्मी मावि, लेटाङ–२) र ‘नगरको उत्कृष्ट कर्मचारी’ को रूपमा सि.अ.हे.व. इन्द्रकलाकुमारी चौधरी (वारङ्गी स्वास्थ्य चौकी, लेटाङ–७) लाई सम्मान गरिएको छ । दुवै जनालाई सम्मानपत्र प्रदान र दोसल्ला प्रदान गरिएको थियो ।

उत्कृष्ट विद्यार्थीलाई सम्मान
२०८० सालको एसईई परीक्षमा सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट जीपीए ३ दशमलव ७० प्राप्त गर्ने लक्ष्मी माध्यमिक विद्यालय, लेटाङ–२ की छात्रा पूजा दाहाल र ३ दशमलव ९१ जीपीए प्राप्त गर्ने शिक्षा विकास माध्यमिक विद्यालय, लेटाङ–५ का आभाष मिश्रलाई सम्मान गरिएको थियो । उहाँहरूलाई जनही नगद ५ हजार प्रदान गरिएको थियो ।

यस्तै २०८० सालको एसईई परीक्षमा संस्थागत विद्यालयतर्फ ३ दशमलव ६५ जीपीए ल्याउने ग्यालेक्सी एकेडेमी, लेटाङ–३ की सामना लिम्बू र ३ दशमलव ४५ जीपीए प्राप्त गर्ने लेटाङ ग्रीनभ्याली एकेडेमी, लेटाङ–४ का गौरव अधिकारीलाई सम्मान गरिएको थियो । उहाँहरूलाई जनही नगद ५ हजार प्रदान गरिएको थियो ।

२०८१ सालको कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सो समारोहमा सम्मान गरिएको थियो । उत्कृष्ट जीपीए ल्याउनेमध्ये लक्ष्मी मावि, लेटाङ–२ की अनुस्का मगर, शान्ति भगवती मावि, लेटाङ–४ का पृथ्वीराज कटुवाल र नोबेल एजुकेशन डेभलपमेन्ट एण्ड फाउण्डेसन, लेटाङ–८ का अर्लि मगर र आयुस खत्रीलाई सम्मान गरिएको हो । उहाँहरूलाई जनही नगद ५ हजार प्रदान गरिएको थियो ।

उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालय पुरस्कृत
शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयमध्ये शान्ति भगवती मावि लेटाङ–४ ले पहिलो र श्री शिक्षा विकास मावि लेटाङ–५ ले दोस्रो स्थान प्राप्त गर्दै नगद अनुदानसहित सम्मान प्राप्त गरेका छन् । आधारभूत विद्यालयतर्फ श्री बाल विकास आ.वि. लेटाङ–१ पहिलो र श्री पब्लिक आ.वि. लेटाङ–६ दोस्रो भएका छन् ।

२०८१ को एसईईमा सर्वाधिक प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालय लेटाङ–७ पित्लुम्बा स्थित लक्ष्मी माविलाई पनि सम्मान गरिएको थियो ।

उत्कृष्ट तीन जना किसान सम्मानित
कार्यक्रममा उत्कृष्ट कृषकतर्फ कफी खेती गर्ने लेटाङ– ७ का राजविक्रम राई, च्याउ खेती गर्ने लेटाङ– ९ का राजन सापकोटा र तरकारी खेती गर्ने लेटाङ–३ की पलमकुमारी मगरलाई सम्मान गरिएको थियो ।

पदक विजेता खेलाडी सम्मानित
कार्यक्रममा भलिबल खेलाडी लीला लिम्बू, सोलिना लिम्बू र स्मृति राईलाई सम्मान गरिएको थियो । बी डिभिजन क्लबबाट खेल्न सफल फुटबल खोलाडी ध्रुव तिरुवा र सुमन मगरलाई पनि सम्मान गरिएको थियो ।

यस्तै प्रदेशस्तरीय कराते प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडी दीपशिखा राई र पुजन बिकलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

लेटाङले विगत वर्षमा झैँ नगरवासीसामु यसरी गर्याे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

नयाँ अभ्यास गर्दै लेटाङ, बजेट पारित भएपछि पत्रकार सम्मेलन गरी बजेटको जानकारी र सवालजवाफ

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments