केराबारीः केराबारी गाउँपालिका वडा नम्बर १० को सार्वजनिक सुनुवाइ बिहीबार वडा कार्यालयको भवनमा सम्पन्न भएको छ ।
केराबारी गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष पूर्णबहादुर मगरको अध्यक्षतामा तथा विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाइ भएको थियो । कार्यक्रममा वडा सदस्य तुलसी घिमिरे, मिथुन धुवकुमार देवान, गंंगा लिम्बू, मीराकुमारी विश्वकर्मा, वडा सचिव देशबहादुर तामाङ, मोक्तान, केराबारी अस्पताल प्रमुख रमेशबहादुर भट्टराई, इलाका प्रहरी कार्यालय केराबारीका प्रतिनिधि फणिन्द्रकुमार तोलाङ्गीलगायतको उपस्थिति थियो ।
सार्वजनिक सुनुवाइमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् स्थानीय संघ÷सस्थाका प्रतिनिधिहरु, विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुलगायतको बाक्लो उपस्थिति थियो ।
उपस्थित वडावासीले राखेका विभिन्न जिज्ञासाको जवाफ वडाध्यक्ष मगरले दिनुभएको थियो ।
कार्यक्रममा वडा सचिव देशबहादुर तामाङले वडाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माणका कामको तथा पञ्जीकरणको विवरण प्रस्तुत गर्नुभएको थियो ।
सम्बन्धित समाचारहरूः
केराबारी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ सम्पन्न







