केराबारीः मोरङको केराबारी गाउँपालिकाको वडा नम्बर ५ को चालु आर्थिक वर्षको वडास्तरीय सार्वजनिक सुनुवाइ आइतबार वडा कार्यालय भवन परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रममा वडावासीले राखेका विभिन्न जिज्ञासाको जवाफ वडाध्यक्ष अजय लिम्बूले दिनुभएको थियो ।
कार्यक्रममा दीक्षा सुहाङ, गौरव लिम्बू, चन्द्रप्रसाद पराजुली, राजन लिम्बू, रामबहादुर लिम्बू, सिर्जना कार्की, राम याख्खा, पूर्णप्रसाद राई, जीतकर्ण मगर, रामबहादुर लिम्बू, फणिन्द्र रसाइली, पर्वत परियार र तेजबहादुर लिम्बूले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो ।
वडा सचिव यमुना राईले वडाको हालसम्मको गतिविधि र पञ्जीकरण विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीका साथै विभिन्न टोल विकास संस्थाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी र सर्वसाधारण वडावासीको उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइको सहजीकरण शिखरबास सञ्चार सेवा प्रालि सुन्दरहरैंचाले गरेको थियो ।








