दुलारीः सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग र पाथीभरा स्वतन्त्र समाजको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ को कार्यालयमा आयोजित मुढा बनाउने १५ दिने तालिम सम्पन्न भएको छ ।
जेठ २८ गते शुरु भएको सो तालिम असार ११ गते सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समापन समारोहमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङदेनको विशिष्ट आतिथ्यता रहेको थियो ।







