Friday, December 5, 2025
Homeफिचरकानेपोखरीको सार्वजनिक सुनुवाइ सम्पन्न

कानेपोखरीको सार्वजनिक सुनुवाइ सम्पन्न

कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिकाको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ शुक्रबार गाउँपालिकाको प्राङ्गण भौंसाबारीमा सम्पन्न भएको छ ।

कोशी नेपाल मिडिया प्रालिको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको जवाफ गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादव, वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङलगायतले दिनुभएको थियो ।

सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै गाउँपालिकाको कार्यालयबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार संस्कार बसाउने उद्देश्यले सार्वजनिक सुनुवाइ सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् स्थानीय संघ\सस्थाका प्रतिनिधिहरु, पालिकाका वित्तीय संस्था र सहकारी संस्थाका प्रतिनिधिहरु, विद्यार्थी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments