विराटचोकः असारको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंक ० दशमलव ०१ प्रतिशत अर्थात् ० दशमलव ४७ अंकले बढेर २ हजार ६५५ दशमलव ८५ बिन्दुमा रोकिएको छ ।
आज ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता ९५ हजार ३७४ पटक किनबच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् १ दशमलव ४७ प्रतिशतले बढेको छ । व्यापार समूह १ दशमलव ०८ प्रतिशत, जलविद्युत समूह ० दशमलव९६ प्रतिशत, विकास बैंक समूह ० दशमलव ४८ प्रतिशत र निर्जीवन बीमा ० दशमलव ०७ प्रतिशत बढेका छन् ।
लगानी समूह आज सर्वाधिक ० दशमलव ७६ प्रतिशतले घटेको छ ।
आज सानिमा माई हाईड्रोको सर्वाधिक ८९ करोड १ लाख २०३ रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर, बुटवल पावर, राधी विद्युत, माउन्टेन हाईड्रो उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
बजार बढेसँगै आज ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङदी हाईड्राको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ ।
आज नेपाल हाईड्रो डेभलपरको शेयरमूल्यमा सर्वाधिक ४ दशमलव ४३ प्रतिशतले गिरावट आएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २४ अर्ब ४७ करोड ९७ लाख २७ हजार ५७६ रुपैयाँ निर्धारण भएको छ ।







