सलकपुरः ब्राइट फ्युचर मावि सुन्दरहरैंचा–८ सलकपुरका तीन जना विद्यार्थी कोशी राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिनका लागि छनोट हुनुभएको छ । विद्यार्थीहरु मनिका श्रेष्ठ, क्रिस्मा डाँगी र प्रेजिना दाहाल छनोट हुनुभएको हो ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजनामा जेठ २४ गतेदेखि २६ गतेसम्म विराटनगरमा भएको १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा ब्राइट फ्युचर मावि जिल्ला प्रथम भएको थियो ।
प्रत्येक खेलका लागि छुट्टै प्रशिक्षकको व्यवस्था गरेर खेल खेलाइने भएकाले सफलता हात परेको विद्यालयका प्राचार्य टीकाराम ढकाल बताउनुहुन्छ ।







